
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी कुशल मल्लले अन्तराष्ट्रिय क्रिकेटमा र्कीतिमान बनाएका छन्। अल राउन्डर मल्लले एकदिवसीय क्रिकेटमा सबैभन्दा सानो उमेरमा अर्धशतक बनाएका हुन्।
उनले अमेरिकाविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छो उमेरको खेलमाडीको रेकर्ड बनाएका हुन्। १५ वर्ष ३४० दिनमा अर्धशतक प्रहार गर्ने उनीनै सबैभन्दा कम उमेर खेलाडी हुन्।
यसघि यस रेकर्ड नेपालकै अर्का खेलाडी रोहित कुमार पौडेलको नाममा रहेको थियो। रोहित कुमार पौडेलले १६ वर्ष १४६ दिनमा यूएईविरुद्धको खेलमा ५८ बलमा ५५ रन बनाउँदै रेकर्ड बनाएका थिए ।
कमेन्ट गर्नुहोस्
