कुकुरलाई बचाउन खोज्दा सेती नदीको खोँचमा खसेका आकाशको सकुशल उद्दार (तस्बिरसहित)

Share:

पोखरा । पोखराको सेती नदीको खोँचमा अड्किएका एक जनाको प्रहरीले सकुशल उद्दार गरेको छ । आफ्नो कुकुर अड्किए पछि उक्त कुकुरलाई बचाउन लाग्दा २३ वर्षिया आकाश गुरुङ सोमबार बिहान खोँचमा खसेका थिए ।

पोखरा महानगरपालिका-०९ पार्वती टोलस्थित सेती नदिको खोँचमा खसेका उनको नेपाल प्रहरीको उद्दार समूहले सकुशल उद्दार गर्न सफल भएको हो । खोँचमा खसेका गुरुङलाई स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा उद्दारको लागि खटिएको थियो । उद्दार गरिएका गुरुङको अवस्थाम समान्य रहेको प्रहरीले जनाएको छ ।

तस्बिर सौजन्य-गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा

 

कमेन्ट गर्नुहोस्
Share: