सरस्वती क्लब ‘बी’ डिभिजनमा घटुवा

Share:

काठमाडौं । सरस्वती युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट ‘बी’ डिभिजनमा घटुवा भएको छ ।सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको १२ औँ खेलमा च्यासल युथ क्लबसँग २–१ गोल अन्तरले पराजित हुँदै सरस्वती ‘बी’ डिभिजन लिगमा घटुवा भएको हो ।

ए डिभिजन लिगको रेलिगेसन जोनमा रहँदै सरस्वती क्लब ‘बी’ डिभिजनमा घटुवा भएको हो । अब सरस्वतीले लिगको अन्तिम खेलमा संकटा क्लबसँग खेल्नेछ । सरस्वतीले १२ खेलबाट चार अंक बनाएको छ । १५ अंक बनाएको च्यासल नवौं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: