नहरमा खसेर चार वर्षीया बालिकाको मृत्यु

Share:

बागलुङ । बागलुङमा नहरमा खसेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । बागलुङको बडिगाड ५ न्वारा घर भएका कृष्ण परियारको ४ वर्षीया छोरी सिजन परियारको नहरमा खसेर मृत्यु भएको हो ।

घरनजिकै आफ्नी आमासँग भाँडा धुन गएकी सिजनलाई ग्वालिचौर लघु जलविद्युतको नहरले बगाएर २ सय मिटर तल पुर्याएको थियो ।

स्थानीयको सहयोगमा तत्कालै बालिकालाई उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लैजादैँ गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: