पूर्वसेनानी रिजाल होटलमा मृत भेटिए

701
0
Share:

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुंग्रेवासस्थित मुस्कान होटलमा एक पूर्वसेनानी मृत अवस्थामा फेला परेका छन्। मृत्यु हुनेमा मोरङ घरभएका ५९ वर्षीय नेपाली सेनाको पूर्वप्राविधिक प्रमुख सेनानी ज्ञानेन्द्रबहादुर रिजाल रहेका छन्।

शुक्रबार राति होटलमा खाना आएर सुतेका रिजाल विहान अबेरसम्म पनि नउठेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेरका थिए । खबर प्राप्त भए लगतै पुगेका प्रहरी टोलीले हेर्दा रिजाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

रिजालको मृत्युको कारण अहिले सम्म खुल्न सकेको छैन । प्रहरीले होटलको कोठाको मुचुल्का उठाएर मृतक रिजालको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ। घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

कमेन्ट गर्नुहोस्
Share: