आजको मौसम : बिहानैदेखि बदली, दिनभर कस्तो रहला ?

995
0
Share:

काठमाडौँ । आज (आइतबार) बिहानैदेखि देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावका कारण आज दिउँसो देशका पूर्वी, मध्य र पश्चिमी पहाडका केही भूभागमा आंशिकदेखि सामान्य बदली हुनुका साथै पहाडी भूभागका एक–दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाइएको छ । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ।

यस्तै राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: