तीन गोही मृत अवस्थामा फेला

607
0
Share:

चितवन- राप्ती र नारायणी नदीमा गत वर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुईवटा र राप्तीको बाराही होटल नजिकै एउटा गोही मृत अवस्थामा भेटिएको हो ।

ती तीनै वटा गोही गत साल नदीमा छाडिएका हुन् । यसअघि यसै वर्ष दुई वटा गोही मरेको अवस्थामा भेटिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: