
काठमाडौं । पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति भागवत ज्ञवालीको निधन भएको छ।
ज्ञवालीको ७५ बर्षको उमेरमा आज (मंगलबार) बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको हो ।
२००१ सालमा गुल्मीमा जन्मिएका उनी २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए ।
कमेन्ट गर्नुहोस्
