
काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड–नाइन्टिनको संक्रमणबाट इरानमा थप चार जनाको मृत्यु भए पछि चीन बाहिर मृत्यु हुनेको संख्या आठ पुगेको छ । यस अघि फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एक/एक जनाको मृत्यु भएको थियो ।
यस्तै, चीनमा २२ सय ३९ जनाको मृत्यु भएको छ भने ७५ हजार ५ सय ६७ जना संक्रमित भएका छन् । चीन बाहिर भने २६ मुलुकमा ११ सय ५२ जनामा संक्रमित भएका छन् ।
कमेन्ट गर्नुहोस्
