कपिल र सोनु निगम आउने कार्यक्रम रोक्न प्रशासनको निर्देशन

Share:

काठमाडौं मंसिर २६ / काठमाडौं जिल्ला प्रशासन कार्यालयले शनिवार दशरथ रंगशालामा हुने एनसेल परपलफेस्ट कार्यक्रम स्थगित गर्न आदेश दिएको छ।
रंगशालामा निर्माणको काम भइरहेको र सुरक्षा संवेदनशीलतालाई ध्यान दिंदै कार्यक्रम केही समयपछि सार्न अनुरोध गरिएको काठमाडौका प्रमुख जिल्लाअधिकारी एकनारायण अर्यालले जानकारी दिए।

KAPIL-AND-SONU-NIGAM-AT-NEPALउनले भने‘रंगशालामा निर्माणको काम भइरहेको छ, त्यहाँ निर्माणका सामग्री पनि उस्तै छन्, सुरक्षा संवेदनशीलताका कारण पनि केही समयपछि सार्न आग्रह गरेका हौँ, रद्द गर्न भनेका होइनौँ।’   तर, एनसेलले भने यसबारेमा लिखित जानकारी नआएको बताएको छ। ‘हामीलाई लिखित जानकारी प्राप्त नभएकाले कार्यक्रम स्थगन बारेमा निर्णय गरेका छैनौँ’ एनसेलका कर्पाेरेट कम्यूनिकेशन डाइरेक्टर सञ्जु काेइरालाले भनिन् ‘औपचारिक जानकारी आएपछिमात्रै हामी हाम्रा निर्णयको बारेमा दर्शकहरूलाई जानकारी दिनेछौँ।’ उनले भनिन् ‘आज ढिला गरी मौखिक रुपमा सुरक्षाको कारण देखाई, कार्यक्रम स्थगित गर्न निर्देशन दिइयो, सुरक्षाको प्रश्नलाई हामीले गम्भीर रुपमा लिनैपर्छ र लिएका पनि छौँ, केही समय रहँदै हामीलाई निर्देशन आएको भए सजिलो हुने थियो यो निर्णय कार्यक्रम हेर्नका लागि आतुर हज्जारौ दर्शकसँग पनि जोडिएको निर्णय हो।’

परपलफेष्टको व्यवस्थापन जिम्मा पाएको लेमन प्रालिले भने सुरक्षाको लागि अनुरोध गर्दै लेखेको पत्रअनुसार जिल्ला प्रशासन कार्यालयले काठमाडौंले महानगरीय प्रहरी परिसरलाई कार्तिक १७ गते नै पत्राचार गरिसकेको जनाएको छ। शनिवार दशरथ रंगशालामा हुने कार्यक्रममा भारतका चर्चित हास्य कलाकार कपिल शर्मा, गायक सोनु निगम आउने कार्यक्रम रहेको छ। त्यस्तै कार्यक्रममा नेपालका सुगम पोख्रेल,यम वुद्ध, विल्सन विक्रम राई, जितु नेपाललगायतको प्रस्तुती थियो।

Copy: Setopati

कमेन्ट गर्नुहोस्
Share: