आजको मौसम : दिनभर कस्तो रहला?

898
0
Share:

काठमाडौं । आज देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको र स्थानीय वायुको प्रभाव भने थोरै रहने जनाइएका छ ।

सोमबार दिउँसो स्थानीय वायुको प्रभावले पूर्वी पहाडका केही ठाउँमा सामान्य बादल लाग्ने र केही ठाउँमा छिटफुट पानी पर्ने संभावना रहेपनि धेरैजसो ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ । राति भने देशभरको मौसम सामान्यतया सफा रहनेछ।

कमेन्ट गर्नुहोस्
Share: