कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो, इटलीमा एकै दिन २५० जनाको मृत्यु

Share:

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या पाँच हजार ७७ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक लाख ३६ हजार संक्रमित भेटिएका छन् ।

विश्वका १२३ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ । कोरोना भाइरस संक्रमण सुरु भएको चीनमा पछि इटलीमा डरलाग्दो स्थिति छ ।

सबैभन्दा बढी चीनमा ८१ हजार संक्रमित भएका छन् । यस्तै फ्रान्समा एकैदिन आठ सयजनालाई कोरोना भाइरसको संक्रमण भएको छ । संयुक्त राज्य अमेरिकामा एउटा राज्यबाहेक सबैमा भाइरसको संक्रमित देखिएका छन् । त्यहाँ २२ सय चारलाई संक्रमण भएकोमा ४९ को मृत्यु भइसकेको छ । दक्षिण कोरियामा संक्रमितको संख्या आठ हजार कटेको छ ।

कमेन्ट गर्नुहोस्
Share: