
पोखरा । जिल्ला समन्वय समिति कास्कीले निजामती सेवामा प्रवेस गर्न चाहने महीला परीक्षार्थीकालागी प्रतियोगितात्मक परीक्षा तयारी कक्षा संचालन गरेको छ ।
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा वुधवारदेखी सुरुभएको परिक्षा तयारी कक्षामा मनाङ वाहेक १० जिल्लाका ६४ जना प्रशिक्षार्थी सहभागि भएकाछन् । लोकसेवा आयोगले फागुन २८ गते प्रकाशित राजपत्र अनंकीत चौथो तहको विज्ञापनलाई लक्षीतगरी संचालित तयारी कक्षा १५ दिनसम्म चल्ने छ ।
परिक्षार्थीकालागी तयारी कक्षा संचालनले महीलालाई निजामती कर्मचारीमा वढी सहभागि गराउन सहज हुने विश्वास जिल्ल समन्वय समिति कास्कीले लिएको छ । संविधानले हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेपनी निजामती कर्मचारीतर्फ हाल २५ प्रतिशत मात्र महीलाको सहभागिता रहदै आएको छ । लोकसेवा आयोग उत्र्तिणगरी राष्ट्रसेवमा योगदान पु¥याउदै आएका विज्ञहरुले सहभागि प्रशिक्षार्थीहरुलाई सहजीकरण गर्ने छन् ।
कार्यक्रमको शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले परीक्षामा प्रतिष्पर्धाकालागी क्षमता अभिवृद्धीगर्न र कर्मचारीलाई जवाफदेही वनाउन यसले सहयोग पुग्ने वताईन । राजनीतिक नेताको सपनालाई पुरागर्नपनी कर्मचारीको साथ आवश्यक रहेको भन्दै उनले हरेक ठाउमा महीला सहभागिता विना देस विकास हुन नसक्ने वताईन ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले न्यायपुर्ण समाजको संरचना वनाउन महिला सहभागिता वढाउनुपर्नेमा जोड दिए । उनले सवैको रहरको क्षेत्र वनेको निजामती सेवामा प्रवेशका लागी दृढ विश्वासका साथ परीक्षामा सहभागि हुन प्रशिक्षार्थीलाई आग्रह गरे ।
सामाजिक विकास मन्त्रालयका भिमप्रसाद तिवारीले सफलता वा असफलता विद्यार्थीको लगनशिलतामा भरपर्ने भन्दै कक्षा संचालन केवल यौटा गाईडलाईन मात्र भएको वताए ।
कार्यक्रमका अध्यक्ष एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनवहादुर क्षत्रीले महिलालाई सक्षम वनाउन र निजामती कर्मचारीप्रती महीलाको उत्प्रेरणा जगाउन यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रमको संचालन कास्कीका जिल्ला समन्वय अधिकारी नवराज वरालले गरेका थिए ।
