आधा सिलिण्डर ग्यास मात्र किन्न पाइने

Share:

काठमाडौं । अब आधा सिलिण्डर ग्यास मात्र किन्न पाइने भएको छ । माग अनुसार पुर्याउन नसकिने अवस्था आएकोले आधा सिलिन्डर ग्यास मात्रै बेच्ने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ ।

यसअघि एक सिलिण्डरमा १४ किलो २ सय ग्राम ग्यास हुँदै आएकोमा अब ७ किलो १ सय ग्राम मात्रै हुने भएको हो ।

कोरोना भाइरसको संक्रमणको त्राससँगै उपभोक्ताले धेरै सञ्चय गरेकोले माग धान्न आधा सिलिन्डर मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगीलाई निर्देशन दिइएको निगमले जनाएको छ ।

यसअघि भारतले लगाएको अघोषित नाकाकन्दीमा पनि आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: