लकडाउन एक साता लम्ब्याउने सरकारको निर्णय

Share:

काठमाडौं । सरकारले लकडाउनको अवधि थप एक साता लम्ब्याउने निर्णय गरेको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन थप एक साता लम्ब्याउने निर्णय गरेको हो।

सरकारले कोरोना भाइरस फैलिन नदिन घोषणा गरेको लकडाउन आगामी चैत २५ गते १२ बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ। निर्णयहरु सार्वनजिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।

यसअघि सरकारले गत मंगलबारबाट एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको थियो। हालसम्म नेपालमा ५ जनामा कोरोना भाइरस संक्रमत भएको पुष्टि भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: