काठमाडौंका मूख्य तीन कारागारबाट २२ कैदीबन्दी रिहा

715
0
Share:

काठमाडौं । काठमाडौं उपत्यकाको मूख्य तीन कैदीबन्दी कारागारबाट २२ कैदीबन्दीलाई रिहा गरिएको छ। लकडाउनको अवधिभरमा डिल्लीबजार कारागारबाट दुई, केन्द्रीय कारागारबाट सुन्धाराबाट पाँच र नख्खु कारागारबाट १५ जना कैदीबन्दीलाई रिहा गरिएको हो।

डिल्लीबजार कारागारबाट सार्वजनिक अपराधमा संलग्न भएका दुई बन्दीहरु, केन्द्रीय कारागार सुन्धाराबाट सार्वजनिक अपराधमा मुछिएका र अभद्र व्यवहारको मुद्दामा सजाय पाई पुर्पक्षमा रहेका पाँच जना बन्दीहरु रिहा भएका हुन् ।

यस्तै नख्खु कारागारबाट सार्वजनिक अपराधमा संलग्न १० जना र अन्य पाँच जना फौजदारी संहिता ऐन, २०७४ को दफा १५५ अनुसार रिहा भएका हुन् ।

कोरोना भाइरसको महामारीको जोखिम नियन्त्रणका लागि चैत्र ७ गते सर्वोच्च अदालतको पूर्ण बैठकबाट पूर्व तयारी तथा रोकथामको लागि सावधानी अपनाउने सन्दर्भमा २३ बुँदे परिपत्र जारी गरिएको थियो। सोहीअनुरुप उपत्यकाका मूख्य कारागारबाट एक वर्षभन्दा कम सजाय पाएका कैदीबन्दी रिहा भएका हुन्।

कमेन्ट गर्नुहोस्
Share: