कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापनसम्बन्धी १९ बुँदे कार्यविधि सार्वजनिक

Share:

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापनसम्बन्धी १९ बुँदे कार्यविधि सार्वजनिक गरेको छ । भविष्यमा देशभित्र कोरोना संक्रमितको मृत्यु भएमा त्यस्तो अवस्थामा कसरी शव व्यवस्थापन तथा अन्तिम संस्कार गर्ने भन्नेबारे कार्यविधि ल्याएको हो ।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको कार्यविधिअनुसार आफन्तले कोरोना संक्रमितको शव एक मिटर टाढाबाट मात्र हेर्न पाउने छन् । ६० वर्षभन्दा बढी उमेर भएका र दीर्घरोगीहरुलाई शवनजिक जानबाट रोक्ने जनाइएको छ ।

यस्तै, सद्गतिमा सहभागी हुने मृतक परिवारका सदस्यले पनि ‘पीपीई’ लगाएर गर्नुपर्ने छ । शव लिन जानुपूर्व शववाहनका चालक तथा कर्मचारीहरुले पीपीईको प्रयोग गर्नुपर्ने छ । मृतकको कुलधर्मअनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरुलाई सुरक्षित राख्नुपर्ने छ ।

यस्तै, शवलाई अस्पताल र घरबाट अन्तिम संस्कार गर्न लैजानेक्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सद्गत गर्ने व्यक्तिहरु र सदगतमा सहभागी हुने मृतकमा आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई प्रयोग गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: