
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा सबैभन्दा बढी मानविय क्षति अमेरिकामा भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। हिजो मात्रै १८ सय ३० जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ६७ पुगेको छ। अमेरिकामा संक्रमित पनि सबैभन्दा बढी छन् । त्यहाँ हिजो एकै दिन ३० हजार संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा संक्रमितको संख्या पाँच लाख ३९ हजार ८ सय ७९ पुगेको छ।
कोरोनाबाट मृत्यु हुनेको संख्यामा अब अमेरिकाले इटालीलाई पनि उछिनेको हो । टालीमा १९ हजार ४६८ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १ लाख ६३ हजार नाघेको छ ।
यस्तै बेलायतमा पनि कोरोनाबाट एकैदिन ९ सय १७ को मृत्यु भएको छ । यो एकैदिन मृत्यु हुने संख्या अमेरिका पछि को सबैभन्दा धेरै हो । यो सँगै बेलायतमा मृतकको संख्या ९ हजार ८ सय कटेको छ । संक्रमितको संख्या ८० हजार नजिक पुगेको छ ।
त्यस्तै स्पेनमा मृत्यु संख्या १६ हजार ६ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ६३ हजार नाघेको छ । फ्रान्समा मृतकको संख्या १३ हजार ८ सय नाघेको छ । इरानमा मृतकको संख्या ४३ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ३९ छ । जर्मनीमा मृत्यु हुनेको संख्या २८ सय नाघ्दा बेल्जियममा ३३ सय नाघेको छ भने नेदरल्याण्डस्मा २६ सय नाघेको छ ।
यता छिमेकी देश भारतमा संक्रमितको संख्या आठ हजार ४ सय ४६ छ भने मृत्यु संख्या २ सय ८८ पुगेको छ ।
यो सँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८ हजार ८ सय २७ पुगेको छ । वल्डोमिटरका अनुसार संक्रमितको संख्या १७ लाख ८० हजार ३१४ पुगेको छ। त्यस्तै, ४ लाख ४ हजार ३१ जना उपचारपछि निको भएका छन्।
