पोखराको आदर्शचोकमा एक युवक मृत फेला

Share:

पोखरा । पोखरा–२९ आदर्शचोक स्थित प्रतिक्षालयमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

आज (मंगलबार) अन्दाजी ३०/३५ बर्षको युवक मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिए ।

प्रतिक्षालयमा मंगलबार बिहान करिव ६ः३० बजेको समयमा युवकको शव भेटिएको र उनको हालसम्म सनाखत हुन् नसकेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: