पोखराका मिक्स्चर व्यवसायीहरु एकताबद्ध हुन जोड

Share:

रञ्जन अधिकारी पोखरा, ३ पुस / पोखराका सबै मिक्स्चर व्यवसायीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिईएको छ । मिक्स्चर व्यवसायीहरु छरिएर रहँदा आईपर्ने विभिन्न समस्याहरुको समाधान गर्न कठिन भएको भन्दै उनीहरुले अब एक भएर अघि बढ्नुपर्ने खाँचो औंल्याए । एकै दररेट कायम गरी एकै तबरको सेवा प्रदान गर्न सक्नुपर्ने भन्दै उनीहरुले एकै छाता संस्थामा गोलबद्ध भएर अघि बढ्दै उत्पन्न जटिलता हल गर्न सकिने बताए ।

पोखरा १० रामबजार स्थित विन्दवासिनी मिक्स्चर सेवा समितिको प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै निर्माण व्यवसायी समिति पोखराका अध्यक्ष भिमबहादुर साईले सबै व्यवसायीहरु एकै संस्था अन्तर्गत रहेर काम गर्नुपर्नेमा जोड दिँदै यसो भए मजदुरहरुको हकहितका लागि लड्न सजिलो हुने बताए ।

पोखराका मिक्स्चर व्यवसायीहरु आधा दर्जन संस्था गठन गरेर छरिएर रहेका छन् । विन्दबासिनी, पोखरा, लामाचौर र भद्रकाली समितिहरु मर्ज गर्ने भन्दै समन्वय समिति पनि गठन गरिएको छ । श्रम समिति र स्वरोजगार मिक्स्चर समिति भने समितिमा आईसकेका छैनन् । समन्वय समितिका अध्यक्ष सन्तबहादुर घिसिङले सबै व्यवसायीहरु एक ठाउँमा उभिएर जानुपर्नेमा जोड दिए ।

पोखरा मिक्स्चर समितिका अध्यक्ष रामजी सिकेले संस्थामा रहेपछि संस्थाके निर्देशन अनुसार काम गर्नुपर्ने भन्दा लागत भन्दा कम मूल्यमा काम गर्ने परिपाटीले व्यवसाय नै धराशायी बनेको बताए ।

लामाचौर मिक्स्चर समितिका अध्यक्ष रमेश सिकेले पदका लागि मात्रै मरिहत्ते नगरी सबै एकीकृत भएर जानुपर्ने भन्दै एउटै दररेट कायम गर्नु तत्कालको आवश्यकता रहेको बताए । श्रम मिक्स्चर समितिका टेकबहादुर अधिकारी, पोखरा मिक्स्चर क्लका सचिवि तारा पाठक लगायतले व्यवसायमा धेरै कठिनाई रहेको उल्लेख गरे ।

रामबजार युथ क्लबका अध्यक्ष तिलक गुरुङले ठेकेदारलाई ठगदार भनिने अवस्था किन आयो ? यसतर्फ सोच्न अनुरोध गर्दै ठेकदार अब हकदार, साझेदार, जिम्मेवार बन्नुपर्ने बताए ।

यसैबीच, विन्दबासिनी मिक्स्चर सेवा समितिको प्रथम अधिवेशनले पुनः भिमबहादुर शाहीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा सुरजकुमार गुरुङ, सचिवमा फणिन्द्रमान बिक, सहसचिवमा भुपेन्द्र राई, कोषाध्यक्षमा शंकर राई, सहकोषाध्यक्षमा विक्रम खाती, सदस्यहरुमा लगुराम तामाङ, मनोज थापा, प्रेम राई, ज्ञानबहादुर बिक र टेमबहादुर बिकलाई चयन गरिएको छ ।

अध्यक्ष भिमबहादुर शाहीको अध्यक्षतामा भएको साधारणसभा सचिव फणिन्द्रमान बिक र कोषाध्यक्ष शंकर राईले आ–आÇना प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष सुरज कुमार गुरुङले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: