कोरोनाबाट विश्वभर मृतकको संख्या १ लाख ६० हजार नाघ्यो, अमेरिकामा मात्रै ३९ हजार बढीको मृत्यु

Share:

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृतकको संख्या १ लाख ६० हजार नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वमा मृत्यु हुनेको संख्या १ लाख ६० हजार ७६३ पुगेको छ । यस्तै संक्रमित हुनेको संख्या २३ लाख २९ हजार भन्दा बढी छ भने ५ लाख ९७ हजार १९४ मानिस निको भइसकेका छन्।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ हजार नाघेको छ। त्यहाँ विगत २४ घण्टामा १ हजार आठ सय ८६ जनाको ज्यान गएको छ। यस्तै संक्रमितको संख्या ७ लाख ३७ हजार ६ सय ९७ पुगेको छ।

अमेरिका पछि सबै भन्दा बढी इटालीमा २३ हजार २ सय २२ जनाको मृत्यु भएको छ। त्यस्तै स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ हजार भन्दा बढी छ। त्यस्तै बेलायतमा १६ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन्।

कमेन्ट गर्नुहोस्
Share: