कोरोनाबाट विश्वमा मृतक संख्या १ लाख ७० हजार नाघ्यो, अमेरिकामा साढे ४२ हजार भन्दा बढीको मृत्यु

Share:

काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघेको छ। हिजो मात्रै संक्रमणबाट विश्वभर ५ हजार ३ सय ३९ जनाको मृत्यु भए सँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख ७० हजार ४३९ पुगेको छ । यस्तै विश्वभर संक्रमितको संख्या २४ लाख ८१ हजार ५२८ पुगेको छ भने संक्रमितमध्ये अहिलेसम्म ६ लाख ४७ हजार ७ सय ३४ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

कोरोना संक्रमणबाट हिजो सबैभन्दा बढी अमेरिकामा १९ सय ३९ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या ४२ हजार ५ सय १४ पुगेको छ। अहिलेसम्म त्यहाँ ७ लाख ९२ हजार ७ सय ५९ जना संक्रमित भएका छन्।

अमेरिकापछि अहिलेसम्म इटालीमा धेरैको मृत्यु भएको छ। त्यहाँ मृतक संख्या २४ हजार नाघेको छ। त्यसैगरी स्पेनमा अहिलेसम्म २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ। फ्रान्समा अहिलेसम्म २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। युकेमा साढे १६ हजारभन्दा धेरैको मृत्यु भएको छ। यस्तै इरानमा ५२ सय भन्दा धेरैको ज्यान गएको छ भने संक्रमितको संख्या ८३ हजार ५ सय नाघेको छ ।

कमेन्ट गर्नुहोस्
Share: