आमाको मुख हेर्ने पर्व मनाइँदै, मातातीर्थ मेला भने स्थगित

Share:

काठमाडौं। आज वैशाख कृष्ण पक्ष औँसी तिथि । मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने पर्व । जन्म दिने आमालाई सम्मान गरी देशभर मनाइँदैछ ।

छोराछोरीले आज बिहानै उठी आफ्नी आमालाई राम्राराम्रा लुगा र मीठामीठा–तागतिला खानेकुरा खान दिइ आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवङ्गत आमा र आमाले गरेका कष्टकर काम सम्झने गर्दछन् ।
यसपटक कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न लकडाउन –बन्दाबन्दी) भएकाले अरु बेला जस्तो माइती गएर आमा भेट्न तथा टाढा रहेका छोराछोरीले आमा भेट्न जान भने अप्ठ्यारो परेको छ ।

यस्तै अन्य बेला काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने भए पनि यसपटक बन्दाबन्दीका कारण मेला स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको सूचनाको अवज्ञा गरेमा अनुगमनमा खटिएका कर्मचारीले स्थलगत रुपमा सय रुपैयाँ जरिबाना गर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: