
काठमाडौं । कोरोना (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १ लाख ९७ हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार २४६ रहेको छ। यस्तै विश्वभर संक्रमितको संख्या २८ लाख ३० हजार ८२ पुगेका छन् भने ७ लाख ९८ हजार ७७६ जना निको भएर घर फर्किएका छन्।
अमेरिकामा सबै भन्दा बढी ५२ हजार ९७ जनाको मृत्यु भएको छ। त्यहाँ ९ लाख २३ हजार आठ सय १२ जना संक्रमित छन्। त्यस्तै इटालीमा मृतकको संख्या २५ हजार ९ सय ६९ छ पुगेको छ । स्पेनमा २२ हजार ५ सय २४ जनाले ज्यान गुमाएका छन्। त्यहाँ २ लाख १९ हजार ७ सय ६४ जनामा संक्रमण देखिएको छ। फ्रान्समा २२ हजार २ सय ४५ ले ज्यान गुमाएका छन्। त्यहाँ एक लाख ५९ हजार ८ सय २८ संक्रमित छन्। त्यस्तै जर्मनीमा मृतकको संख्या ५ हजार ७ सय ६० छ। त्यहाँ एक लाख ५४ हजार ९९९ संक्रमित छन्। बेलायमा ज्यान गुमाउनेको संख्या झण्डै २० हजार रहेको छ। त्यहाँ १९ हजार ५ सय ६ जनाको मृत्यु भइसकेको छ।
चीनमा अहिले सम्म चार हजार ६ सय ३२ जनाको मृत्यु भएको छ। त्यहाँ विगत दुई दिन अघि कुनै पनि मृतक फेला परेका छैनन्। चीनमा संक्रमितको संख्या ८२ हजार आठ सय चार जना छन्। यता भारतमा मृत्यु हुनेको संख्या ७८० पुगेको छ। त्यस्तै.संक्रमितको संख्या २४ हजार, ४४७ पुगेको छ।
