नेकपा सचिवालय बैठक आज बस्दै

499
0
Share:

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ। भोलि बस्ने स्थायी कमिटि बैठकको तयारीका लागि बैठक बस्न लागेको हो।

आज तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा भोलि ११ बजे स्थायी समितिको बैठकका एजेण्डा बारेमा छलफल हुने सचिवालय स्रोतले जनाएको छ ।

सोमबार र हिजो भएका छलफलमा बैठकका एजेण्डाबारे दुई अध्यक्षबीच सहमति नभएपछि दाहाल र अर्का नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले छुट्टै भेलासमेत गरेका छन् । भेलाले भोली बस्ने स्थायी कमिटी बैठकमा एक ढिक्का भए प्रस्तुत हुने रणनीति बनाएको छ ।

गत शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने जिम्मा दिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: