नेपालमा कोरोना संक्रमित संख्या ११० पुग्यो

Share:

काठमाडौँ। नेपालमा कोरोना (कोभिड–१९) का संक्रमित संख्या ११० पुगेको छ । शनिबार साँझ उदयपुरको भुल्केमा थप एक जनामा संक्रमण पुष्टि भएसँगै संख्या ११० पुगेको हो । भुल्केका ४३ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

शनिबार विहान मात्रै उदयपुरको भुल्केका तीन जना, कपिलबस्तुका तीन जना र पर्साका एक जनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालमा संक्रमित मध्ये २८ जना निको भएर घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: