आलोक नेम्वाङको सपनाहरुलाई समेटेर डकुमेन्ट्री मुभि बन्ने

Share:

धरान, पुष २ – निर्देशक आलोक नेम्वाङको सपनाहरुलाई समेटेर डकुमेन्ट्री मुभि बन्ने भएको छ । फिल्मी क्षेत्रमा भर्खरै उदाउन लागेका निर्देशक दुर्गा बस्नेत ‘रमु’ उक्त डकुमेन्ट्री फिल्म निर्माण गर्न लागेका हुन् ।

बस्नेतले बताए अनुसार स्वर्गिय आलोक नेम्बाङगले कल्पना गरे बमोजीम नेपाली फिल्मी क्षेत्रमा प्रस्तुत गर्न अधुरो रहेको श्रृजनालाई आफूले नेपालीदर्शक माझ ल्याउन लागेको बताए । बस्नेतले ‘एन रमु क्रिएसन प्रा.लि.’ बाट स्वर्गीय नेम्बाङगले कल्पना गरेको सृजनालाई ‘अ ड्रिम अफ आलोक नेम्वाङ च्यालेन्ज टु द वल्र्ड’ नाम दिएका छन् ।

Alok-Nimang
डकुमेन्ट्री चलचित्रलाई बस्नेतले फरक ढङगले प्रस्तुत गर्ने बताए । ‘विषयवस्तु अहिले गोप्य रहेता पनि डकुमेन्ट्रीले नेम्बाङगको आत्माले शान्ती पाउने नेम्वाङ प्रति सम्मान जनाउने छ ।’ बस्नेत नेम्वाङको कलिउड सपनालाई समेत समेटेको तथा नेम्वाङको सोच अनुरुपको डकुमेन्ट्री निर्माण भएको बताए ।

डकुमेन्ट्री यसै महिना भित्र तयार भइ बजारमा आउने समेत बस्नेतले बताए । डकुमेन्ट्रिको निर्माण कार्य सम्पन्न भइसकेकोले रिलिज गर्ने काम मात्र बाकी रहेको समेत बस्नेतले जनाएका छन् ।

उनले नेम्बाङसँग संगत गरेको ३ वर्षे अनुभवलाई आधार मानेर नेम्वाङको निर्देशकिय शैलीलाई अपनाएको बताए । म्युजिक भिडियो निर्माणकालागी बस्नेतलाई वरिष्ठ संचारकर्मी तथा गीतकार नरेश भट्टराईले समेत साथ दिएका छन् ।

स्वर्गीय नेम्बाङगले निर्देशन गरेको म्युजिक भिडियोमा एउटा छोटो फिल्मी कथा रहेको बताउने बस्नेतले भने ‘बजारमा म मार्फत आउने सम्पूर्ण भिडियोहरुमा दर्शक श्रोताले एउटा छोटो कथा नै पाउनुहुन्छ ता की १ घण्टाको फिल्ममा हुने विषय बस्तुलाई ५ मिनेटको गीतमा समेट्ने छु ।’ बस्नेत भन्छन्, ‘जति पनि मेरा सृजनाहरु बाहिर आउँ छन् ती सबै स्वर्गीय नेम्बाङगमा समपिर्त तथा उहाले जन्माउन खोज्नु भएको एउटा कुशल तथा क्रिएटिभ डाइरेक्टरको संज्ञा दिने छु ।’

कमेन्ट गर्नुहोस्
Share: