
काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ८७ हजार ३३२ पुगेको छ। पछिल्लो तथ्याङ्कअनुसार संक्रमितको संख्या ४२ लाख ५५ हजार ९ सय ४० पुगेको छ भने १५ लाख २७ हजार ४९५ जना उपचार पछि निको भएका छन् ।
अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार नाघेको छ । त्यहाँ ८१ हजार ७ सय ६९ जनाको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म १३ लाख ८५ हजार ३ सय ५९ जनालाई संक्रमण भएको छ ।
यस्तै स्पेनमा २ लाख ६८ हजार संक्रमित छन् भने २६ हजार ७ य ४४ जनाको मृत्यु भएको छ। बेलायतमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ भने त्यहाँ २ लाख २३ हजार ६० संक्रमित रहेका छन्।
यता भारतमा ७० हजार ७ सय ६८ संक्रमति रहेका छन् भने २ हजार २ सय ९४ जनाको मृत्यु भैसकेको छ ।
कमेन्ट गर्नुहोस्
