दोलखाको जुगुलाई केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का

533
0
Share:

काठमाडौँ । काठमाडौँमा आसपासको क्षेत्रमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ। मंगलबार राति ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार दोलखाको जुगुलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो। यो २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प भएकोे जनाइएको छ ।

यो भूकम्पको धक्का दोलखासहित काठमाडौँ, रामेछाप, काभ्रे र सिन्धुपाल्चोक लगायतका जिल्लामा पनि महसुस गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: