
काठमाडौँ । नवलपरासी पूर्वमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनको स्वाब भरतपुरस्थित कोभिड ल्याबमा परीक्षण गरिएकामा रिपोर्ट पोजेटिभ आएको हो । उनी स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको बताइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

