म्याग्दीमा आगलागीबाट एक घर जलेर नष्ट

Share:

म्याग्दी । म्याग्दीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आइतबार करिब १२ः१५ बजे बेनी नगरपालिका–९ बतासे बस्ने रमेश भण्डारीको ढुङ्गा माटोले बनेको जस्ताले छाएको दुई तले कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागिबाट घर भित्र रहेको काठ, खानेपानी पाईप, पराल, पुर्णरुपमा जलि नष्ट भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: