
काठमाडौं, पुस ८
समयमै संविधान ल्याउन दवाव दिने उद्देश्यले आज काठमाण्डूमा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा दबाबमुलक प्रदर्शन गर्दैछन् । दिउँसो १२ बजे माइतीघरदेखि संविधानसभा भवनसम्म निद्रा जुलुस निकाल्ने विद्यार्थीले यसअघि नै घोषणा गरिसकेका छन् । सभासदहरुलाई ध्यानाकर्षण गराउनको लागि भन्दै विद्यार्थीहरुले निद्रा जुलुस प्रदर्शन गर्न लागेका हुन् ।
यसैगरी, संविधान बनाउनको लागि दलहरुलाई दबाब दिने उद्देश्यले नेपाल पत्रकार महासंघले मंगलबार कार्यक्रम गर्दैछ । संविधानसभा भवन अगाडि दबाबमूलक कार्यक्रम गर्न लागिएको महासंघले जनाएको छ ।
संविधान जारी गर्ने मिति अब एक महिना मात्र बाँकी छ भन्ने सन्देश दिन महासंघले बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म कार्यक्रम गर्न लागिएको हो ।
