
काठमाडौँ । विश्वभर कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार ४ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या ५३ लाख ४ हजार १ पुगको छ भने २१ लाख ५८ हजार ५ सय ६७ उपचार पछि निको भएका छन् ।
अहिलेसम्म अमेरिकामा सर्वाधिक १६ लाख ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिका नै सर्वाधिक रहेको छ। त्यहाँ ९५ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, ब्राजिलमा संक्रमितको संख्या ३ लाख ३० हजार ८ सय ९० पुगेको छ भने त्यहाँ ब्राजिलमा २१ हजार ४८ जनाको मृत्यु भएको छ। रुसमा ३ लाख २६ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । बेलायतमा संक्रमित संख्या २ लाख ५५ हजार ५ सय ४४ पुगेको छ भने त्यहाँ ३६ हजार ४ सय ७५ जनाको मृत्यु भैसकेको छ । स्पेनमा २ लाख ३४ हजार ८ सय २४ जना संक्रमित रहेकामा २८ हजार ६ सय २८ जनाको मृत्यु भएको छ ।
त्यस्तै इटालीमा संक्रमित संख्या २ लाख २८ हजार ६ सय ५८ पुगेको छ भने त्यहाँ ३२ हजार ६ सय १६ को मृत्यु भैसकेको छ । फ्रान्समा १ लाख ८२ हजार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यहाँ २८ हजार २ सय १८ को मृत्यु भैसकेको छ ।
यता छिमेकी देश भारतमा संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ९४ पुगेको छ। भारत सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा ११औं स्थानमा छ। भारतभन्दा अघि क्रमशः इरान, टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्। अहिलेसम्म भारतमा ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ।
