
काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) का कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ३ लाख ५७ हजार ४ सय ३२ पुगेको छ। यस्तै विश्वमा संक्रमितको संख्या ५७ लाख ९० हजार १०३ जना पुगेको छ भने २४ लाख ९७ हजार ६१८ जना निको भएका छन् ।
अहिलेसम्म सबैभन्दा धेरै प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख २ हजार एक सय नौ पुगेकोे छ । अमेरिकामा हालसम्म १७ लाख ४५ हजार आठसयमा कोरोनाको संक्रमण देखिएको छ। अमेरिका पछि ब्राजिलमा चार लाख ११ हजार ८ सय २१ जनामा संक्रमण देखिएको छ। त्यहाँ २५ हजार ५ सय ९८ जनको ज्यान गइसकेको छ।
यस्तै रुसमा ३ लाख ७० हजार ६ सय ८० जनामा संक्रमण देखिएको छ भने ज्यान गुाउनेको संख्या भने ३ हजार ९ सय ६८ रहेको छ। बेलायतमा २ लाख ६८ हजार ६ सय १९ जनामा संक्रमण देखिएको छ भने त्यहाँ ३७ हजार ५ सय ४२ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ३६ हजार २ सय ५९ जनामा संक्रमण देखिएको छ भने त्यहाँ २७ हजार १ सय १७ मृत्यु भएको छ । इटालीमा २ लाख ३१ हजार १ सय ३९ जनामा संक्रमण पुष्टि भएकामा ३३ हजार ७२ को मृत्यु भएको छ।
यता छिमेकी देश भारतमा चार हजार पाँच सय ३४ जनाको मृत्यु भएको छ भने एक लाख ५८ हजार ८६ जनामा संक्रमण देखिएको छ।
