
तनहुँ । तनहुँमा बिहीबार कपडा सुकाउने क्रममा करेण्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । बन्दिपुर गाउँपालिका–२ गोलडाँडा बस्ने ६५ वर्षीय गणेश बहादुर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार विहान करिब ११ बजे कपडा सुकाउने क्रममा बिजुलिको नाङ्गोतारमा छुन गई करेण्ट लागेर उनी घाईते भएका थिए । घाइते उनलाई उपचारको लागि बन्दिपुर अस्पताल लगेकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।
घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
