
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।
ट्रम्पले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा डब्लूएचओ असक्षम भएको र उसले चीनको मात्रै पक्षपोषण गरेको आरोप लगाउँदै डब्लूएचओसँगको अमेरिकाको सम्बन्ध सबै सकिएको बताएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
यस्तै डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताएको जनाइएको छ ।
डब्लूएचओले चीनको समर्थन गरेको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।
कमेन्ट गर्नुहोस्
