
पोखरा। नेपालमा आज (आइतबार) थप १६६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार देशका विभिन्न स्थानमा प्रयोगशालमा गरिएको परीक्षणमा थप १६६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो। यी मध्ये १६२ पुरुष र ४ जना महिला रहेका छन् ।
विगत २४ घण्टामा स्याङ्जाका २ जना, तनहुँका १ जना, पर्साका ५ जना, कालीकोटका १८ जना, दैलेखका १८ जना, बजुराका ४ जना, सल्यानका २५, सुर्खेत १ जना, कपिलवस्तुका ५ जना, बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३, झापाका ४ जना, मोरङका १ जना, धनुषाका २१ जना, रौतहटका २९ जना, सर्लाहीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ५ सय ६७ पुगेको छ। जसमध्ये १ हजार ४५० जना पुरुष र ११७ जना महिला छन् ।
