विश्वमा कोरोनाबाट ७७ लाख ६५ हजार संक्रमित, ४ लाख २९ हजार बढीको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७७ लाख ६५ हजार पुगेको छ । संक्रमित मध्य विश्वमा ४ लाख २९ हजार ६ सय ६६ जनाको मृत्यु भएको छ भने ३६ लाख ९३ हजार २ सय ९२ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २० लाख ७१ हजार ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ सर्वाधिक १ लाख १५ हजार ३ सय ४७ जनाको मृत्यु भएको छ।

त्यस्तै, ब्राजिलमा संक्रमितको संख्या ८ लाख ५० हजार ५ सय १४ पुगेको छ । त्यहाँ, ४२ हजार ७ सय २० जनाको संक्रमणबाट मृत्यु भएको छ । रुसमा ५ लाख १९ हजार ४ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ७ हजार पुगेको छ ।

भारतमा संक्रमित संख्या ३ लाख ८ हजार ९ सय ९३ पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । बेलायतमा २ लाख ९५ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ४१ हजार ७ सय ४७ जना संक्रमणबाट मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: