
काठमाडौं, पौष ११ । पाकिस्तानको पेशावर स्कुल आक्रमणमा संलग्न तालिबानका प्रमुख षड्यन्त्रकारी पाकिस्तानी सुरक्षा फौजको कारबाहीमा मारिएका छन् । सद्दाम नाम गरिएका कमान्डर मारिएका हुन् ।
पाकिस्तानको बारा क्षेत्रमा एक घन्टासम्म गरिएको कारबाहीमा सद्दाम मारिएको तथा उनका ६ साथी घाइते भएका जनाइएको छ ।
हालै पेशावरको स्कुलमा तालिवानले गरेको आक्रमणमा १३२ स्कुले विद्यार्थीसहित १४० जना मारिएका थिए । सद्दामले उक्त आक्रमणको षड्यन्त्र रच्नुका साथै आक्रमणकारीलाई यातायात उपलब्ध गराएको दाबी गरिएको छ ।
उता, पाकिस्तानको उत्तरी वजरीस्तान इलाकामा अमेरिकी ड्रोन आक्रमणमा ७ जना आतंकवादी मारिएको खबर छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्

