
काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेको संख्या ८१ लाख ५३ हजार २ सय ४१ पुगेको छ। पछिल्लो तथ्याङ्क अनुसार विश्वभर ४ लाख ४१ हजार ५ सय ५ कोरोना संक्रमितको मृत्यु भइसकेको छ। यस्तै विश्वभर ३९ लाख ४५ हजार ७ सय ६३ जना संक्रमणमुक्त भएका छन्।
सबैभन्दा धेरै प्रभावित अमेरिकामा सर्वाधिक २१ लाख ३४ हजार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ १ लाख १६ हजार ८ सय ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
त्यस्तै, ब्राजिलमा संक्रमितको संख्या ९ लाख २३ हजार १ सय ८९ पुगेको छ । त्यहाँ ४५ हजार २ सय ४ संक्रमितको मृत्यु भइसकेको छ । रुसमा ५ लाख ४४ हजार ७ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यता भारतमा ३ लाख ४३ हजार ९१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ९ हजार ९ सय संक्रमितको मृत्यु भइसकेको छ। बेलायतमा २ लाख ९९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ४२ हजार ५४ संक्रमितको मृत्यु भएको छ ।
