राती १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

Share:

काठमाडौँ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले राती १० बजे देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ ।

शुक्रबार गृहमन्त्रालयले जारी गरेको “लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७” अन्तर्गत अब अत्यावश्यक अवस्थामा बाहेक राती १० बजे देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न पाइनेछैन । उक्त मापदण्डलाई कडाईका साथ लागू गर्न निर्देशन दिइएको छ यसको अनुगमन प्रहरीले गर्ने जनाइएको छ ।

मापदण्ड अनुसार अब विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ ।

त्यस्तै उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतका कामकाजमा पनि १० जनाभन्दा बढी व्यक्ति एकै पटक एकै स्थानमा भेला हुन नपाइने पनि भनिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: