बाग्लुङमा ठूलो परिमाणमा लागूऔषध र लागूऔषध बनाउने कच्चा पदार्थ सहित १० जना पक्राउ

Share:

बाग्लुङ । बाग्लुङमा ठूलो परिमाणमा लागूऔषध र लागूऔषध बनाउने कच्चा पदार्थ सहित सहित १० जना पक्राउ परेका छन् ।

आज (शुक्रबार) दिउँसो १२ः१० बजे ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा रहेको मिना खाजा घरबाट लागूऔषध गाँजा सेवन गरीरहेको अवस्थामा खाजा घरका सञ्चालक सहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पक्राउ पर्नेहरुमा म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका–२ घर भई हाल जिल्ला बागलुङ ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा मिना खाजा घर सञ्चालन गर्दै आएका ४५ वर्षीय धन बहादुर भण्डारी र उनकी श्रीमती ४० वर्षीया मिना थापा भण्डारी सहित बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–१ बस्ने वर्ष २० को बिपिन रसाईलि, सोही बस्ने १७ वर्षीय मनोज बि.क., २७ वर्षीय चित्र बहादुर पुन, २५ वर्षीय दल बहादुर बुढा, १९ वर्षीय जुन बहादुर बि.क. भन्ने अर्जुन शिर्पाली रहेका छन् ।

यस्तै गरी बागलुङ जिल्ला बडिगार्ड गाउँपालिका–४ जलजला बस्ने वर्ष २० को गिरे बि.क. र बागलुङ जिल्ला गलकोट नगरपालिका–२ बस्ने वर्ष २० को राम बहादुर सुनार पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट १९० ग्राम चरेस र अन्दाजी ९ के.जी. गाँजा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

त्यस्तै शुक्रबार विहानै बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो ५०० ग्राम गाँजाको मसिनो धुलो चरेश निर्माण गर्नेको लागि बनाईएको कच्चा पदार्थसहित पक्राउ परेका छन् ।

उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा आज अन्दाजी ०४ः०० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुबै घटनाका विषयमा थप अनुसन्धान कार्य भई रहेको भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: