
पोखरा । श्री विहानी वचत तथा ऋण सहकारी संस्थाले सस्थाको १२ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ९२ युनिट रगत संकलन भएको छ ।
कार्यक्रम संयोजक तथा संस्थाका सञ्चालक देवि प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी क्षेत्रिय रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली रहेका थिए ।
यस्तै संस्थाका अध्यक्ष धर्मराज भण्डारी, संस्थाका उपाध्यक्ष, पदाधिकारीहरु, सञ्चालकहरु, सल्लाहाकारहरुले अतिथीको आसन ग्रहण गरेका थिए । कार्यक्रममा कार्यक्रम संयोजक देवि प्रसाद अधिकारी ले स्वागत मन्तब्य राख्नुका साथै कार्यक्रम माथि प्रकाश पारेका थिए । क्षेत्रिय रक्त सञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा संस्थाको प्रधान कार्यालय न्युरोड र सुइखेत सेवा केन्द्र कार्यालय हेम्जामा रगत संकलन गरिएको थियो ।
कार्यक्रम सञ्चालन संस्थाका सचिव सुजन वावु अधिकारी ले गरेका थिए ।
