नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

Share:

काठमाडौँ । नेपालमा कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित ४७ दिनको एक शिशुको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३१ पुगेको हो ।

म्याग्दीको धौलागिरी नगरपालिका –४ का ती शिशुको मंगलबार कोरोना पुष्टि भएको र बुधबार गएराति मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ती शिशुलाइ श्वासप्रश्वासमा समस्या रहेको जनाइएको छ । ती शिशुको सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गर्नुअघि ‘पीसीआर’ परीक्षण गर्दा शिशुमा कोरोना ‘पोजिटिभ’ देखिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: