देशभरको मौसम बदली, केही स्थानमा भारी वर्षा हुने

739
0
Share:

काठमाडौँ । आज (शुक्रबार) देशभरको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको मौसमविदले बताएका छन् ।

देशको प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबार राति पनि देशका सबै प्रदेशहरुमा सामान्य बदली रही कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

वर्षासँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ ।

कमेन्ट गर्नुहोस्
Share: