पोखराका थप २ जनासहित गण्डकीमा १६ जना कोरोना संक्रमित थपिए

Share:

पोखरा । पोखरा महानगरपालिकाका २ जनासहित गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार बिहान कास्कीसहित गण्डकी प्रदेशका ६ जिल्लाका थप १६ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीको पोखराका २७ र ३३ बर्षीय २ पुरुषसहित नवलपुरका ५ पुरुष तथा २ महिला, म्याग्दीका ३ पुरुष, बागलुङका २ पुरुष र तनहुँका १ र स्याङ्जाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७९ पुगेको छ । गण्डकी प्रदेशमा २ सय ८७ संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: