विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २० लाख नाघ्यो, ५ लाख ४९ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २० लाख नाघेको छ। पछिल्लो तथ्यांक अनुसार विश्वभर १ करोड २० लाख ४१ हजार ४ सय ८० जना संक्रमित भएका छन्। यस्तै हालसम्म विश्वभर ५ लाख ४९ हजार ४ सय ६८ जना संक्रमितको मृत्यु भएको छ भने विश्वमा ६५ लाख ८६ हजार ७ सय २६ जना संक्रमणमुक्त भएका छन्।

सबैभन्दा धेरै प्रभावित अमेरिकामा संक्रमितको संख्या ३० लाख नाघेको छ । त्यहाँ ३० लाख ९७ हजार ५३८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । अमेरिकामा १ लाख ३३ हजार ९९१ संक्रमितको मृत्यु भइसकेको छ ।

यस्तै ब्राजिलमा संक्रमित हुनेको संख्या १७ लाख नाघेको छ । त्यहाँ मृत्यु हुनेको संख्या ६७ हजार ९६४ पुगेको छ ।

यता छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या सात लाख ६७ हजार २९६ पुगेको छ । भने २१ हजार १२९ संक्रमितको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: