बलिउड अभिनेत्री ऐश्वर्या र छोरी आराध्यामा पनि देखियो कोरोना

Share:

काठमाडौँ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

उनीहरुमा पहिलो परीक्षणमा कोरोना नदेखिए पनि दोस्रो परीक्षणमा भने दुवैमा संक्रमण देखिएको हो । अमिताभ बच्चन पत्नी जया बच्चनमा भने कोरोना देखिएको छैन । उनलाई हाल क्वारेन्टिनमा राखिएको छ ।

यसअघि बच्चन परिवारमा अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना देखिएको थियो। कोरोना पोजिटिभ भएको पाइएपछि उनीहरुलाई शनिबार राति अबेर मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: