
काठमाडौँ । नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ११६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै सुर्खेतमा २८ संक्रमित थपिएका छन् । सप्तरीका १३ जना, नवलपुरका ११ जना, म्याग्दीका ९ जना, चितवनका ८ जना, काठमाडौँका ७ जना, धनुषाका ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सल्यान र रौतहटका ५/५ जना, कास्की, तनहुँ र दैलेखका ३/३ जना, जुम्ला र डडेलधुराका २/२ जना तथा गोरखा, धनकुटा, ताप्लेजुङ, मोरङ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, पाल्पा, अछाम, जाजरकोट र मुगुका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार १७७ जना पुगेको छ।
बुधबार ५ हजार ९० जनाको कोरोना परीक्षण भएको जनाइएको छ। मन्त्रालयका अनुसार हालसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको छ । २४ हजार ५ सय २७ जना क्वारेन्टीनमा छन् भने ६ हाजर १ सय १३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएकोे छ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६९७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या ११ हजार २५ पुगेको मन्त्रालयले जनाएको छ ।
