
पोखरा । गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान गण्डकी प्रदेशका बागलुङ र स्याङजा गरी २ जिल्लाका थप ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
बिहीबार कोरोना पुष्टि हुनेमा बागलुङ गल्कोटका २५ र ३५ वर्षका २ पुरुष तथा स्याङजाका १९ वर्षीय १ पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३१ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

